सुमन ढुंगानालाई ‘टान गण्डकी पर्यटन पत्रकारिता सम्मान’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पर्यटन क्षेत्रको विकासमा पत्रकारिता मार्फत उल्लेखनीय योगदान पुर्याए बापत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पत्रकार सुमन ढुंगानालाई सम्मान गरेको छ । टान गण्डकीको ३२ औं साधारण सभाको अवसर पारेर टान गण्डकीले ढुंगानालाई सम्मान गरेको हो ।

न्यूज २४ टेलिभिजनका गण्डकी ब्युरो प्रमुख समेत रहेका ढुंगाना सहित पत्रकार बिमल तिवारी र सागर ढकाललाई पनि कार्यक्रममा सम्मान गरेको हो । पत्रकार ढुंगाना सहितलाई सम्मान गर्दै टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले ट्रेकिङ र समग्र पर्यटन क्षेत्रको विकासमा नेपाली पत्रकारिताको भूमिका निकै उल्लेखनीय रहेको बताए ।

सम्मान पछि आफ्नो धारणा राख्दै पत्रकार ढुङ्गानाले पत्रकारिता राष्ट्र, राष्ट्रियता, विकास, जनताको पक्षमा पक्षपाती रहेको र सधै रहनुपर्ने धारणा व्यक्त गरे ।

पोखराको वरपिपल रिसोर्टमा आयोजित ३२ औं साधारण सभा तथा सम्मान कार्यक्रमका वक्ताहरुले सडक निर्माण तथा विस्तारका क्रममा ट्रेकिङ रुटहरु मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।