गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ जिउँदाहरुको पार्टी रहेको बताए

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ जिउँदाहरुको पार्टी रहेको बताएका छन् ।

राजधानीको भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफ्नो पार्टीमा प्रश्न गर्न पाइने जिकिर गरेका छन् । प्रश्न गर्नेले नै उत्तर दिनसक्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘यो कुनै बाको संगठन होइन यहाँ प्रश्नहरु छन्, त्यो गर्न पाइन्छ । जसले प्रश्न गर्न खोज्दैन त्यसले उत्तर पनि गर्न सक्दैन ।’

प्रश्नहरूले नै कांग्रेसलाई जिउँदो राखेको उनको तर्क छ । जिउँदो कांग्रेसले बल्ल प्रश्नहरूको समाधान गर्न सक्ने उनले उल्लेख गरेका छन् ।

उनले सभापति शेरबहादुर देउवाले गरेको संघर्षलाई पार्टीले सधैँ सम्झिरहने पनि बताए । यद्यपि सभापति देउवाले आफ्नो वाचा पूरा नगरेको उनको तर्क छ । ‘मङ्सिरभित्र महाधिवेशन गर्नुस् भन्दा कार्यवाहक दिएर सबै कुरा छाडेर गएँ भन्नुभएको होइन खै त ?’ उनले प्रश्न गरे ।