प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्डको छुट्टै छलफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुन: छलफल थालेका छन् ।

अहिले राष्ट्रपति पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा छन् ।

छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन् । उनी भने केहीबेरअघि शीतलनिवासबाट बाहिरिसकेकी छिन् ।

उनी बाहिरिएपछि ओली, देउवा र प्रचण्ड पुन: छलफलमा बसेको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।

प्रधानमन्त्रीसहितको छलफल साढे २ घण्टा भएको थियो  दिउँसो साढे ३ बजेबाट उनीहरू छलफलमा जुटेका थिए ।

छलफलका विषयहरू सार्वजनिक भएका छैनन् ।