पाकिस्तानमा अज्ञात समूहकाे आक्रमणमा परी ५ जना प्रहरी जवानको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाकिस्तान अज्ञात आतंककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली प्रहार गर्दा ५ जना प्रहरी जवानको मृत्यु भएको छ।

उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार साेही प्रहारमा परी उनीहरुकाे मृत्यु भएकाे हाे। घटना मंगलबार बिहान पाैने ९ बजे आक्रमणकारीहरूले काराक जिल्लामा गाडीमा गोली चलाउन थालेको स्रोतहरूले नाम नछाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ। प्रहरीले तुरुन्तै जवाफी गोली चलाउँदा करिब एक घन्टा सम्म झडप चलेको जनाइएको छ ।

गाडीमा सवार रहेका सबै ५ जना प्रहरी कर्मचारीहरू गोली हानाहानको क्रममा मृत्यु भएकाे स्रोतले जनाएकाे हाे।आक्रमणपछि आतंककारीहरूले घटनास्थलबाट भाग्नु अघि प्रहरीको गाडीमा पनि आगो लगाएको थियाे। अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ।