नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका मन्त्रीहरू राजनीतिक पार्टीका कार्यालयमा पुग्नुलाई फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुने संकेतका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
मंगलबार सरकारका प्रवक्ता जगदीश खरेलसहितका मन्त्री नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी कार्यालय पुगेर जनेजी आन्दोलनका क्रममा भएको क्षतिबारे अनुगमन गरेका थिए ।
सोही क्रममा पार्टी कार्यालय पेरिसडाँडा पुगेका खरेलसहितका मन्त्रीसँग प्रचण्डसँग भेट गरेका थिए । भेटपछि प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘यो चुनाव हुन्छ भन्ने कुराको राम्रो संकेत हो ।’