नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न गएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भएर सन्दीप बंगलादेश गएका हुन् ।
यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएका छन् । लामिछाने बीपीएलमा दोस्रो पटक अनुबन्ध भएका हुन् । यसअघि उनी २०१९ मा सिलेट टाइटन्समा अनुबन्ध भएका थिए ।
राजशाही वारियर्सले सन्दीप जहाजमा बसेको तस्बिर राख्दै उनलाई स्पिन किंग्सको संज्ञा दिएको छ ।
सन्दीपको टिमलाई बंगलादेशका कप्तान नजमुल हुसेनले नेतृत्व गर्दैछन् । यो टिममा नेपाल प्रिमियर लिग खेलेका जिमी निशमसमेत छन् ।