पोखरामा आमा समूह र टोलबीच अन्तरक्रिया तथा चेलीबेटी भेटघाट कार्यक्रम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,पोखरा–१४ शिवमार्ग “क” टोलमा मिलनसार आमा समूह र सुसेली आमा समूहको संयुक्त आयोजनामा आमा समूह र टोलबीच अन्तरक्रिया कार्यक्रम तथा चेलीबेटी भेटघाट कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम आगामी शनिबार बिहान ११ बजे शिवमार्ग “क” टोलको सामुदायिक भवनमा हुने छ।

आयोजक समितिले कार्यक्रममा सम्पूर्ण दिदीबहिनीहरूको सक्रिय सहभागिता रहोस् भनी उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।