दृष्टि आँखा अस्पताल र पोखरा चेम्बर अफ कमर्सबीच सहकार्य, सदस्यलाई उपचारमा ३०% सम्म छुट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा: पोखरा चेम्बर अफ कमर्स कास्की र दृष्टि आँखा अस्पतालबीच आँखा उपचार सेवामा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला र दृष्टि आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार संघका सदस्य, पदाधिकारी तथा कर्मचारीहरूले आफ्नो परिचयपत्र वा संघको सिफारिस पत्र देखाएर अस्पतालमा उपचार गर्दा विशेष छुट पाउनेछन्। जसअनुसार, ओपीडी सेवामा १५ प्रतिशत, चेकजाँच तथा प्रयोगशालामा २५ प्रतिशत, चश्मा तथा चस्माजन्य सामाग्रीमा ३० प्रतिशत र फार्मेसी सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ। साथै, हरेक वर्ष एक पटक पदाधिकारी, कार्यसमिति सदस्य तथा कर्मचारीहरूले निःशुल्क आँखाको स्वास्थ्य परीक्षण पाउनेछन्।

अध्यक्ष बास्तोलाले यो सहकार्यले दैनिक ज्यालादारी मजदुरदेखि ठूला व्यापारीसम्मलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउने विश्वास व्यक्त गरे। उनले दृष्टि आँखा अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष तथा पूर्व भारतीय सैनिकका लागि ECHS सेवा समेत प्रदान गरिरहेको हुँदा यो सम्झौता अझ प्रभावकारी हुने बताए।

सम्झौता आजको मितिदेखि नै लागू हुने जानकारी दिइएको छ।