पोखरा । सामाजिक सेवामा निरन्तर तीन दशक बढी काम गरेर गर्विलो इतिहास बनाएको पोखरा महानगरपालिका वडा नं ५ स्थित सूर्यचन्द्र विकास समाजले यसपटक पनि खुल्ला तिजगीत प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ ।
समाजको मुख्य आयोजना, वडा नं ५ मा रहेका विभिन्न संघ संस्थाहरुको सह आयोजनामा यहि भदौ १० गते पूर्वान्ह ११ वजेदेखि बाराही मा.वि.को खेल मैदानमा ११ औं संस्करणको मालेपाटन खुल्ला तिजगीत प्रतियोगिता २०८२ आयोजना गर्न लागिएको हो । प्रतियोगिताका बारेमा जानकारी दिन आईतबार समाजको मालेपाटनस्ति कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्मेलनमा अध्यक्ष सावित्री कोईरालाले संस्थाले स्थापनाकालबाटै साहित्य, कला, राष्ट्रिय कवि सम्मेलन, दुव्र्यसन िसचेतना, स्वास्थ्य, कंस्कृतिको संरक्षण, पर्यटन प्रवर्धन, सामुदायिक विकासका कार्यमा सक्रिय हुँदै आएको बताईन् । अध्यक्ष कोईरालाले बिगत बिरासतलाई जोगाउँदै र निरन्तता दिदैं यसपटक पनि मौलिक संस्कृतिको जगेर्ना र प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताईन् ।
प्रतियोगितामा सहभागि हुन चाहने महिला दिदिबहिनीहरुले मौलिक लयमा आधारित तिजगीत र नृत्य प्रस्तुत गर्नुपर्नेछ । यसो गर्नाले मौलिक गीतले प्रवर्धन र संरक्षण हुने, प्रतिभावान कलाकारहरुले अवसर पाउने, सामाजिक एकताको काम गर्ने, पर्यटनको प्रवर्धन तथा समुदायमा सकारात्मक प्रभाव पर्नेछ । प्रतियोगिताले नयाँ पुस्तालाई उत्साही बनाउने अपेक्षा गरिएको छ । युवा पुस्तामा आफ्नो संस्कार, संस्कृतिप्रतिको मोह जगाउने, अन्य संघ, संस्थाहरुसंगको सांस्कृतिक गतिविधि बढाउन सेतुको रुपमा रहने, विपन्न, महिला तथा विपन्न समुदायको सहभागितालाई ससुनिश्चित गरिएको छ । कार्यक्रममा यसपटक पनि कास्की जिल्लामा रहेका अब्बल महिलाहरु मध्येबाट एकजनालाई श्रष्टा सम्मान गर्ने कार्यक्रम रहेको कोईरालाले जानकारी दिईन् । कार्यक्रमलाई सफल पार्नका लागि युनाईटेड रेफरेन्स ल्याबोरेटरी, यु.आर.एल पोखरा ८ ले मुख्य प्रायोजन गरेको छ । भानु मेशिनरीको सहप्रयोजन रहेको छ । यस्तै माता श्री जयलक्ष्मी सुनचाँदी दुकानको मुख्य सहयोग गरहेको छ । पोखरा महानगरपालिका वडा नं ५ को विशेष सहयोग रहेको छ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगदर ४० हजार र प्रमाणपत्र, दितिय हुने समूहलाई नगद ३० हजार र प्रमाणपत्र, तृतीय हुने समूहलाई नगद २० हजार र प्रमाणपत्र दिईनेछ । यस्तै सान्तोना हुने समूहलाई नगद १० हजार प्रमाणपत्र, उत्कृष्ट भेषभुषा र नृत्यलाई नगद तीन तीन हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा १६ समूहले भाग लिने अपेक्षा गरिएको छ । आयोजकका अनुसार एउटा मसूहमा ८ जना हुनुपर्नेछ । समूह दर्ताको अवधि भदौ ५ गतेसम्म रहेको छ । कार्यक्रम सम्पन्न गर्नका लागि रुपैयाँ ६ लाख ४५ हजार खचै हुने अनु्मान गरिएको छ भने ६ लाख ५९ हजार आम्दानी हुने अनुमान गरिएको छ । कार्यक्रमबाट रुपैयाँ १४ हजार बचत र सो रकमलाई सहिद स्मृति पुस्तकालय संचालनमा खर्च गरिने भएको छ । कार्यक्रमलाई सम्पन्न गर्नका लागि अध्यक्ष सावित्री कोईरालाको संयोजकत्वमा १०१ सदस्यीय मूला आयोजक समिति गठन गरिएको छ भने विभिन्न ११ वटा उपसमितिहरु बनाईएको छ ।