रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गर्ने निर्णय गरिएको छ।

कारागार विभागका सूचना अधिकारी सन्देश प्रसाद जोशीका अनुसार लामिछानेले स्वयं निवेदन दिएको आधारमा उनी नक्खु कारागार सरुवा हुने भएका हुन्।

हाल उनी पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका छन्। विभागको पत्र जिल्ला कारागारमा पुगिसक्दा अब उनी त्यहाँबाट सरुवा गरिनेछ। जोशीले भने, “उहाँले लिखित रूपमा नक्खु कारागारको माग गर्नुभएको थियो, त्यसैअनुसार निर्णय गरी पठाइएको हो।”