पोखरा साउन ३०/ पोखराको बुद्दचोकमा बीवाईडीको सोरुम सञ्चालनमा आएको छ । सोरुमको शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गेरका हुन् । उक्त अवसरमा बीवाईडीको एसयूभी सिलायन–७ कोे समेत लञ्च गरिएको थियो।
कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा पर्यटको राजधानी भएको बताउदै बाताबरण पर्यवरणिय सहर बनाउन बिद्युतिय गाडि सञ्चालन पश्चात सहयोग पुग्ने बताए । महानगरले ५ वटा बिद्युतिय गाडि समेत सञ्चालनमा ल्याएको उल्लेख गरे । कार्यक्रममा बीवाईडीका चियर मेन अनिल श्रेष्ठले बिवाईडीको सोरुम र एसयूभी सिलायन–७ को लञ्च महत्वपूर्ण अध्याय भएको बताए ।
बीवाईडीका सेल्स हेड आसुतोष गौतमले बिवाईडीका फिचर र नेपालमा बिवाईडीको शुरुवातको कसरी भयो त्यो बारेमा बताए । यसै बिच नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाल भित्राएको सो विद्युतीय (ईभी) गाडी शुक्रबार पोखरामा लञ्च गरिएको हो । योसँगै उपभोक्ताले पोखराबाटै एसयूभी सिलायन–७ सहित बीवाईडीका सम्पूर्ण गाडीहरु खरिद गर्न सक्ने भएका छन् ।अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षासहित यो इभी आकर्षक डिजाइन र बनोटमा आएको दाबी गरिएको छ । सिलायन–७ को डिजाइन आधुनिक र फ्यूचरिस्टिक शैलीमा गरिनुका साथै यसमा क्लोज्ड अफ ग्रिल, एग्रेसिभ कट र क्रिज लाइनसहितको फ्रन्ट बम्पर रहेको छ ।
त्यस्तै, सिलायन–७ मा १९ इञ्चको ड्युअल टोन अलोय ह्विल र फ्लस टाइप डोर ह्यान्डल र ब्ल्याक रग्ड क्लेडिङ रहेकाले प्रिमियम लुक रहेको छ । सिलायन–७ मा ५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस छ । यसले पछाडिको सिट फोल्ड गरेर विस्तार गर्न सकिने छ । यसमा इन्टेरियरमा १५.६ इन्चको रोटेबल टचस्क्रिन, १०.२५ ईञ्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकरको साउन्ड सिस्टम, प्यानोरोमिक सनरुफ, हेड–अप डिस्प्ले लगायतका अत्याधुनिक फिचरसमेत रहेको छ । यसबाहेक, हिटिङ र भेन्टिलेसनसहितको सिट, ५० वाट वायरलेस चार्जर पनि रहेका छन् । गाडीमा पावर्ड टेलगेट र कनेक्टेड कार टेक छ भने ११ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, टायर प्रेसर मोनिटरिङ सिस्टम र फ्रन्ट तथा रियर पार्किङ सेन्सर जस्ता उच्चस्तरीय सुरक्षा फिचर पनि छन् ।बीवाईडी सिलायन–७ एसयूभीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर अर्ली बर्ड अफरको रुपमा कम्पनीले हाल यसको मूल्य ७२ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको छ ।
