भदौ दोस्रो साता हुनेछ ओली, मोदी र सीको भेट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भदौको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिनको भेट हुने भएको छ।

त्यसका लागि चीनमा हुने विभिन्न देशका सरकार र राष्ट्र प्रमुखको भेटका लागि प्रधानमन्त्री ओली संघाई जानेछन्।

सोही शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी हुँदैछन्। राष्ट्रपति सी जिनङ र मोदीसँग प्रधानमन्त्री ओलीको भेट हुने भएको छ। भदौ दोस्रो साता हुने सो शिखर सम्मेलनबाट फर्किएपछि प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने तयारी छ।

शिखर सम्मेलन अगस्ट ३१ र सेप्टेम्बर १ मा तियानजिन शहरमा आयोजना हुँदैछ।यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो।

प्रधानमन्त्रीले यसअघि गत वर्ष प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चीनबाटै गरेका थिए।