पोखरा, साउन २८ — पोखरालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र मैत्रीपूर्ण भ्रमण गन्तव्य बनाउने उद्येश्यसाथ “पर्यटन क्षेत्रमा सुरक्षा व्यवस्थापन” विषयक विशेष छलफल आज पोखरा–६ स्थित माउन्ट कैलास होटलमा सम्पन्न भयो।
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, कास्की प्रशासन कार्यालयका प्रतिनिधि, पर्यटन व्यवसायीहरूको छाता संस्थाका पदाधिकारी तथा पोखरा भ्रमण वर्ष २०२५ मुख्य आयोजक समितिका संयोजक, सदस्य–सचिवसहित सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य रहने निर्धारित थियो। निरन्तर वर्षाका कारण काठमाडौँ विमानस्थलमा उडान ढिलो भएपछि उहाँले पहिलो सम्भावित उडानमार्फत पोखरा आइपुग्ने प्रतिबद्धता जनाउनुभएको र कार्यक्रम तोकियकै समयमै सञ्चालन गरिएको आयोजकहरूले बताएका छन्।
सुरक्षा निकायतर्फबाट कास्की जिल्या प्रहरी उपरीक्षक (DSP) हरि बहादुर बस्नेतले पर्यटक–केन्द्रित सुरक्षा प्रबन्ध तथा तत्कालीन प्रतिक्रिया संयन्त्रबारे प्रस्तुति गर्नु भयो। पर्यटन व्यवसायीकातर्फबाट परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटाले जिम्मेवारी बाँडफाँट, न्यूनतम सुरक्षा मापदण्ड र सहकार्य संयन्त्र प्रस्ताव गर्दै निजी क्षेत्रको भूमिकाको खाका प्रस्तुत गर्नुभयो।
के–केमा सहमति/कार्यसूची?
छलफलले निम्न प्राथमिक कार्यहरूलाई सम्बन्धित निकायमार्फत कार्यान्वयनमा लैजाने सहमति व्यक्त गर्यो—
पर्यटक प्रहरी सेवा बलियो बनाउने: लेकसाइड, विमानस्थल र बसपार्क क्षेत्रमा सहजरूपमा भ्रमणको वातावरण बनाउने र
रात्रिकालीन सुरक्षा र प्रकाश–CCTV: लेकसाइड, फेवाताल किनारा, बेगनास र साराङकोट क्षेत्रमा संयुक्त गस्ती, गल्ली–बाटोमा प्रकाशको व्यवस्थापन र CCTV विस्तार गर्ने योजना बनाउन सुझाव आएको थियो ।
जल तथा साहसिक गतिविधि सुरक्षा: डुङ्गा/कयाकिङमा लाइफ–ज्याकेट अनिवार्य पालन, पाइलट/इन्स्ट्रक्टर लाइसेन्स र उपकरण मापदण्ड, बीमा/आपतकालीन उद्धार प्रोटोकल।
प्रकृति–जोखिम व्यवस्थापन: मनसुनमा पहिरो/बाढी सचेतनामूलक संकेत, ट्रेल–रुटमा सुरक्षित विचलन मार्ग र प्राथमिक उपचार तालिम।
सफाइ र शृङ्खलाबद्धता: तालछेउको फोहोर व्यवस्थापन, असंगठित पार्किङ/अतिक्रमण नियन्त्रण र पैदलमार्ग खुला गर्ने
पोखरा महानगरले २०२५ लाई १५ फागुन (फेब्रुअरी १५) मा औपचारिक घोषणा गरेको हो सोहि योजना अनुसार विभिन्न ओझेलमा परेका विषयमा चर्चा गर्दै विभिन्न निकायलाई परिचालन गर्दै भ्रमण बर्षको अवसरलाई पोखरा लाई पर्यटनको पहिलो रोजाई बनाउने कामहरु गरिँदै आएको छ। यस अभियानले घरेलु र विदेशी गरी २० लाख पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको छ, जसका लागि १,०५० सदस्यीय आयोजन समिति पनि गठन गरिएको छ।
किन ‘सुरक्षा’ नै केन्द्रमा?
पोखरा नेपालकै पर्यटक राजधानी हो । फेवाताल, माछापुच्छ्रे/अन्नपूर्ण हिमशृङ्खलाको अविश्वसनीय दृश्य, साहसिक खेल (प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपलाइन), डुङ्गाभ्रमणदेखि पदयात्रासम्मका कारण। सुरक्षित, व्यवस्थित र स्वच्छ सहर बनाउने कार्ययोजना बिना २०२५ को महत्वाकाङ्क्षी लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष छलफलमा प्रस्तुत भयो।
यस सन्दर्भमा, पर्यटक प्रहरी संस्था १९७९ देखि कार्यरत विशेष एकाइ हो, जसका २८ युनिट देशभर सक्रिय छन्; पोखरामा छुट्टै उप–विभाग/कार्यालय सञ्चालनमा छ। छलफलले सेवा डेस्क सहज पहुँचयोग्य बनाउने, जनशक्ति र तालिम सुदृढ गर्ने तथा व्यवसायीसँग सिधा सम्पर्क प्रक्रियालाई मानकीकरण गर्ने आवश्यकता औँल्यायो ।
पर्यटक आगमन उर्कँदै: २०२४ मा नेपालमा करिब ११.४७ लाख अन्तर्राष्ट्रिय पर्यटक आए र महामारीअघि (२०१९) को करिब ९६% स्तरमा पुनरुत्थान। २०२५ को पहिलो सात महिनामा मात्रै करिब ६.४८ लाख विदेशी पर्यटक हवाईमार्गबाट प्रवेश गरेका छन्। यस प्रवृत्तिलाई २०२५ को लक्ष्यसँग जोडेर तयारी तीव्र बनाउनेमा सरोकारवाला सकारात्मक छन्।
आजको छलफलले “सुरक्षित पोखरा, खुसी पर्यटक” भन्ने दृष्टिकोणलाई व्यवहारमा उतार्ने ठोस गृहकार्य सहज सेवा, रातको सुरक्षा, साहसिक गतिविधिको मापदण्ड, फोहोर व्यवस्थापन र द्रुत गुनासा समाधानलाई प्राथमिकता दिँदै सम्बन्धित निकायमा जिम्मेवारी तोकिएको छ। उपस्थित सरोकारवालाहरूले पोखरा भ्रमण वर्ष २०२५ सफल पार्न सार्वजनिक–निजी साझेदारीमा ती उपाय तुरुन्त कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।