प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

संघीय  संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्नेछ।

बैठकमा सांसदहरूले सोध्ने प्रश्नमा मन्त्रीहरूले जबाफ दिने कार्यसूची छ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।