पोखरा २२ मा लागुऔषध दुरुपयोग नियन्त्रण तथा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, साउन २८ — अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका वडा नं. २२ वडा युवा परिषदको आयोजनामा मङ्गलबार “लागुऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइ” सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।

पोखरा–२२ भुर्तुङस्थित श्री ओखलढाँडा माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा करिब ६० जना विद्यार्थी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नगर युवा परिसद सदस्य एबम युवा परिसद :-२२ का अध्यक्ष दिनेश बरालले गर्नु भयको उक्त कार्यक्र्मका प्रमुख अतिथि वडा अध्यक्ष हिमलाल बराल, विशेष अतिथि वडा सदस्य कृष्णकुमारी देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकाजी गुरुङलगायतका व्यक्तिहरूको सहभागिता थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले युवाहरूलाई लागूऔषध र मदिराजस्ता कुलतबाट टाढा रहँदै स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो। उहाँले यस्तो सचेतनामूलक गतिविधिले समाजलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। विशेष अतिथि देवकोटाले युवाहरूले आफ्नो क्षमताको सही उपयोग गरी समाजिक रूपान्तरणमा योगदान दिनुपर्नेमा जोड दिनुभयो।

प्रशिक्षण सत्रमा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपाने, प्रशिक्षक विकास पहारी र प्रसन्न बरालले क्रमशः “लागुऔषध दुरुपयोगका जोखिम र निवारण”, “मदिराको स्वास्थ्य तथा सामाजिक असर” र “व्यक्तिगत सरसफाइको महत्त्व” विषयमा प्रस्तुति दिनुभयो। सहभागी विद्यार्थीहरूलाई प्रश्न–उत्तर र अन्तर्क्रिया मार्फत सक्रिय सहभागी बनाइएको थियो।