काँग्रेस भ्रातृ संस्थाको महाधिवेशन गर्न बनाइएको निर्देशिका पारित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली काँग्रेसको भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बसेको सभापति शेरबहादुर देउवासहितको बैठकले अधिवेशन गर्नेबारे बनाइएको निर्देशिका पारित गरेको छ ।

देउवासहित उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत शीर्ष तहको बैठकले निर्देशिका पारित गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

काँग्रेसका ७ भ्रातृ संस्थाहरूलाई पटक पटक महाधिवेशन गर्न म्याद थप गर्दा पनि नसकेपछि पार्टीले निर्देशन समिति बनाएको थियो ।

बैठकपछि उनले भने, ‘निर्देशन समिति र पार्टीका पदाधिकारीहरूको संयुक्त बैठक अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा एउटा निर्देशिका तयार भएको छ ।’

बैठकमा आएका सुझावलाई समेटेर निर्देशिका पारित गरेको हो । महाधिवेशन गर्न नसक्ने तरुण दल सहमहामन्त्रीमा डीना उपाध्याय, नेविसंघ सहमहामन्त्रीमा किशोरसिंह राठोर, महिला संघमा डा। प्रकाशशरण महत, दलित संघ सहमहामन्त्री जीवन परियार निर्देशन समितिको संयोजक छन् ।

यस्तै, लोकतान्त्रिक खेलकुद संघमा मोहन बस्नेत, किसान महासंघमा रमेश रिजाल र थारू संघमा उदयशम्शेर राणा संयोजक छन् ।