माउन्ट अन्नपूर्णका बिद्यार्थीद्धारा माउन्टेन ग्लोरी रिसोर्टको अवलोकन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण मा.विमाका बिद्यार्थीले माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पाको अवलोकन गरेका छन् । आइतबार बिद्यालयको कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरुले पोखरा २१ दोबिल्लामा रहेको रिसोर्टको अवलोकन गरेको प्रशासक चित्र गुरुङले बताए । कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई नियमित रुपमा होटल तथा रिसोर्टको अवलोकन तथा अध्ययन गर्ने योजना अन्तरर्गत कार्यक्रम आयोजना गरिएको प्रशासक गुरुङले उल्लेख गरे ।

१ सय जना बिद्यार्थीहरुको सहभागिता रहेका अवलोकनमा प्रशासक गुरुङ, होटल म्यानेजमेन्ट बिषय प्रमुख बिकास गुरुङ, माउंटेनियरिंङ बिषयका प्रमुख कर्मा लामा र एकाउन्टेन्ट प्रमुख नवराज शर्माको सहभागिता रहेको थियो । अवलोकनको क्रममा होटलका बिभिन्न डिपार्टहरु फ्रन्ट अफिस विभाग, हाउसकिपिङ विभाग, फूड एण्ड बेभरेज विभाग, बार लगाएतका बिभिन्न बिभागहरुको बारेमा रिसोर्टका फ्रन्ट अफिसर म्यानेजर देवेन्द्र महर्जनले बिद्यार्थीहरुलाई जनाकारी गराएका थिए । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिंङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ । बिद्यालय गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित शैक्षिक संस्था हो ।