नेपाललाई ११–० ले हराउँदै साबिक विजेता उत्तर कोरिया एएफसी महिला यु–२० च्याम्पियनसिपमा छनोट भएको छ ।
समूह ‘ए’ को तीनै खेल जितेको उत्तर कोरियाले तीन अंक जोडेको छ । नेपालले चार अंक जोड्यो । यसअघि उत्तर कोरियाले साउदी अरेबियालाई १५–० तथा भुटानलाई १–० ले नै हराएको थियो ।
आइतबार भुटानको राजधानी थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा उत्तर कोरियाले खेलभर नेपाललाई दबाबमा राखेको थियो । नेपालले खेलभर एक पटक पनि विपक्षीको पोष्टमा राम्रो प्रहार गर्न सकेन ।
यसअघि नेपाल भुटानसँग १–१ को बराबरी खेल्दा साउदीलाई १–० ले हराएको थियो । यो हारपछि नेपालको एसियन कप खेल्ने सम्भावना सकिएको छ ।