पोखराका मेयर आचार्यद्वारा गाईजात्राको शुभकामना, शोकलाई शक्तिमा बदल्न आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गाईजात्रा पर्वको अवसरमा सम्पूर्ण नागरिकमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। आफ्नो आधिकारिक फेसबुक वाल मार्फत शुभकामना सन्देश जारी गर्दै उनले गाईजात्राले मृत्युको शोकलाई सान्त्वना र आशामा बदल्ने महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा चित्रण गरेका छन्।

मेयर आचार्यले आफ्नो सन्देशमा भनेका छन्, “मृत्युको शोकलाई सान्त्वना र आशामा बदल्ने यस सांस्कृतिक पर्वले हामी सबैलाई जीवनका गहिरा अर्थ सिकाउँछ।” उनले यो पर्वले मनका दुःखका क्षणहरूलाई हटाएर हाँसो र रमाइलोले भरिपूर्ण सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

परम्परागत नेवारी संस्कृतिबाट जन्मिएको यो पर्वले सामाजिक मनोविज्ञानलाई मनोवैज्ञानिक शान्तिको बाटो देखाएको उनको भनाइ छ। “हामी सबै मिलेर यो पर्वलाई सद्भाव र एकताको प्रतीक बनाऔं, र गाईजात्राले हामीलाई जीवनका आरोह-अवरोहमा धैर्यता र साहस प्रदान गरोस्,” आचार्यले लेखेका छन्।

सामाजिक विकृतिप्रति व्यङ्ग्यका माध्यमबाट सचेतना फैलाउने यस पर्वलाई उत्साहपूर्वक मनाउन पनि उनले आग्रह गरेका छन्। शोकमा रहेका परिवारजनमा शान्ति छाओस् र हरेक घरमा सुख, शान्ति र समृद्धि फैलियोस् भनी उनले कामना गरेका छन्।