हेमन्त धामी १० लाखमा सुदूरपश्चिममा अनुबन्ध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा हेमन्त धामी गोलाप्रथाबाट सुदूरपश्चिम रोयल्समा पुगेका छन्। हेमन्त १० लाख रुपैयाँमा बिक्री भएका हुन्।

क्याटोगोरी बी का हेमन्तको न्यूनतम रकम ५ लाख रुपैयाँ थियो। हेमन्तमाथि पोखरा, लुम्बिनी, सुदुरपश्चिम र जनपुरले बोली लगाएका थिए।
गोलाप्रथाबाट छनोट हुने हेमन्त दोस्रो खेलाडी हुन्। यसअघि देव खनाल गोलाप्रथाबाट चितवन पुगेका थिए।

उनी नेपाल अन्डर -१९ समूहका कप्तानसमेत हुन्।