कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट, एकजनाको मृत्यु केहि घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। ४८ जना घाइते भएका छन्।

मृतकको पहिचान तत्काल खुलाइएको छैन। सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास गरे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको छ।घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ।

उनीहरुमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन्। निमित्त कारागार प्रशासक रामकुमार चौधरीका अनुसार कारागारको ए, बी र महिला गरी तीन ब्लक छन्। ए र बी ब्लकका कैदीबीच झडप भएको हो।

उनका अनुसार टीकापुरको कर्तव्य ज्यान सम्बिन्ध िएकै मुद्दाका १८ कैदी त्यहाँ छन्। उनीहरुलाई अन्यत्रै स्थान्तरणको तयारी भएको थियो। त्यसैक्रममा उनीहरु एकआपमै कुटाकुटमा उत्रिएका हुन्।