एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्बिसेज पोखराले २२ औं वार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको उक्त रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदश्य गणेश मान गुरुङले पहिलो रक्तदाता मानव क्षेत्रीलाई ब्लड ब्याग हस्तारन्तरण गरेर शुरुवात भएको एक्सपर्टका एजुकेसन बिजनेश डेप्लपर म्यानेजर बिस्नु गौतमले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका गण्डकी प्रदेश सभा सदश्य गणेश मान गुरुङले एक्सपर्ट एजुकेसनले शैक्षिक परामर्श सँगै सामाजिक उत्तरदायित्वमा समेत क्रियाशिल रहनु सकरात्मक भएको उल्लेख गरे ।उनले रक्तदानको महत्वमाथि प्रकास पार्दै निरन्तराको कामन गरे । पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमलाई प्राथमिकता दिनसके यसबाट रगत संकलनमा बढावा मिल्ने बताए ।पोखरा ट्रेडमलका अध्यक्ष मीनराज काफ्लेले पोखरा टे«डमानै एक्सपर्ट एजुकेसन रहेको हुदा सहकार्य गर्दै अगाडि बढ्ने जानकारी गराए ।ब्रान्च हेड सली देवानले एक्सपर्टले आगामी दिनमा पनि समाज सँग जोडिएर शैक्षिक तथा सामाजिक काम गदै अगाडि बढ्ने बताए । २२ औं वार्षिकत्सवको अवसर पारेर एक्सपर्टले कास्कीको माछापुच्छ«े गाउँपालिका ३ मा रहेको जनजागरण सामुदायिक बिद्यालयमा स्टेस्नरी र खेलकुदका समाग्री बितरण,पोखरा १९ अकंला देवी मन्दिरमा बृक्षारोपण र बाताबरणिय सचेतनाको लागि साइकल र¥यालीको आयोजना गरेको हो । यस्तै आगामी भदौमा ५ गते छात्र बितरण गर्ने समेत रहेको बिजनेश डेप्लपर म्यानेजर बिस्नु गौतमले उल्लेख गरे ।
कार्यक्रममा अभिभावब गोबिन्द प्रसाद पोख्रेल लगाएत एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्बिसेजका अन्य कर्मचारीको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा लाइन्स क्लब अफ पोखरा आदर्श र पोखरा ट्रेड मलको समेत सहकार्य रहेको थियो । अष्ट्रेलियाको सिड्नीमा सन् २००३ अगष्ट ८ मा एक्सपर्टको स्थापना भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले शैक्षिक परामर्शसंगै आइईएलटीएस, पीटीई, स्याट लगायतका कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई गन्तव्य मुलुकमा रहेका शाखाहरुबाटसमेत सहयोग गर्दै आइरहेको छ ।