पोखरा, साउन २३ – नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीको आयोजनामा पोखरा–३२, चैनपुरमा अवस्थित प्राकृतिक सिता गुफा सरसफाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं पोखरा महानगर प्रमुख धनराज आचार्य प्रमुख आतिथ्यका रूपमा उपस्थित रहे। सो अवसरमा पार्टीका महानगर अध्यक्ष प्रेम थापा, सरसफाइ कार्यक्रम संयोजक बज्र अधिकारीसहित विभिन्न तहका नेता–कार्यकर्ता सहभागी थिए।
सहभागीहरूले गुफा वरपर र भित्री भागको फोहोर संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरेका थिए। कार्यक्रममा पोखरा महानगर वडा कार्यालय, स्थानीय आमा समूह, विभिन्न संघ–संस्था, नेपाल प्रहरी तथा महानगर प्रहरीको सक्रिय सहभागिता रहेको सरसफाइ संयोजक अधिकारीले जानकारी दिए।
उनका अनुसार सरसफाइ अभियानले प्राकृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ।