फिफा बरियतामा नेपाली महिला फुटबल टोलीको छलाङ, १९६ मुलुकमा ८७औं स्थानमा उक्लियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

फिफा बरियतामा नेपाली महिला फुटबल टोलीले उल्लेखनीय प्रगति गरेको छ।

हालै सार्वजनिक गरिएको नयाँ बरियताअनुसार, नेपाल महिला राष्ट्रिय टोलीले १३ स्थानको छलाङ मार्दै १००औं स्थानबाट ८७औं स्थानमा उक्लन सफल भएको हो।

१९६ राष्ट्रका महिला टोली सूचीमा रहेका छन्।

पहिलो नम्बरमा स्पेन रहेको छ। सुरुका उत्कृष्ट १० मा एसीयाका दुई देश मात्र परेका छन्। आठौं स्थानमा जापान रहेको छ भने १०औंमा उत्तर कोरिया रहेको छ।

अमेरिका दुई नम्बरमा झरेको छ। यसअघि पहिलोमा रहेको थियो। स्वीडेन, इंल्यान्ड, जर्मनी र फ्रान्स क्रमशः तेस्रो, चौथो, पाँचौ र छैठौं स्थानमा रहँदा ७औंमा ब्राजिल रहेको छ। नवौं स्थानमा क्यानडा रहेको छ।

दक्षिण एसीयाली मुलुकमा नेपालभन्दा माथि भारत ६३औं स्थानमा उक्लिएको छ।

यो प्रगति नेपाली महिला फुटबलको लागि उत्साहजनक संकेत हो, जुन टोलीको हालको प्रदर्शन, अन्तर्राष्ट्रिय खेलमा देखिएको सुधार र तयारीमा आएको परिपक्वताको प्रतिबिम्ब पनि हो।

फिफा बरियता क्रम विश्वव्यापी मान्यता प्राप्त मापन हो, जसले राष्ट्रहरूको फुटबल प्रदर्शनको आधारमा स्थान निर्धारण गर्छ। यस्तो उकाइ नेपाली महिला टोलीका लागि मनोबल बढाउने खालको छ, जसले भविष्यमा अझ मजबुत तयारी र प्रदर्शनको बाटो खोल्न सक्छ।

नेपालले पछिल्ला केही अन्तर्राष्ट्रिय खेलहरूमा सशक्त प्रदर्शन गरेको छ, जसले गर्दा यो उकाइ सम्भव भएको हो। अबको लक्ष्य भनेको यो प्रदर्शनलाई निरन्तरता दिनु र एशियाली तथा विश्व स्तरका प्रतियोगिताहरूमा अझ प्रभावशाली उपस्थिति जनाउनु हो।