आज यी पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ छ। अर्थात पानी पार्ने प्रणाली  नेपालको तराईमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव भने केही कमजोर देखिएको महाशाखाले जनाएको छ।

शुक्रबार बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

पछिल्लो एक घन्टामा देलेखमा ३३.४ मिलिमिटर, पाल्पाको जल्पामा ३४.६ मिलिमिटर, लमजुङको भुजुङमा २९.२ मिलिमिटर, काठमाडौंको चन्द्रागिरिमा ३१.६ मिलिमिटर वर्षा भएको छ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा धेरै र देशका बाँकी पहाडी भू-भागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू-भागगका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसो लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहनेछ।

मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

राति नै कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।