शिक्षकको बढुवामा तीन व्यवस्था रहने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने व्यवस्था पारित भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेकोमा सर्वसम्मतबाट पारित भएको हो ।

समिति सभापति थापाले शिक्षकको बढुवाबारे तीन वटा व्यवस्था प्रस्तुत गरेका थिए । शिक्षकको बढुवा अन्तर्गत समावेश भएको आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा तीन व्यवस्था प्रस्ताव गरिएको छ ।

परामर्श उपसमितिले तयार पारेको व्यवस्थासम्बन्धी तीन व्यवस्थामा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकन रहेका छन् । यी तिनवटै प्रस्ताव बैठकबाट सर्वसम्मतले पारित भएका हुन् ।