मेयर थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् ।

१६ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार आंशिक ठहरको फैसला सुनाएको छ ।

उनीविरुद्ध पाँच करोड ३३ लाख ५३ हजारबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको  अभियोग लागेको थियो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले गैरकानुनी सम्पत्ति आर्जन र हानि-नोक्सानीसम्बन्धी अर्काे भ्रष्टाचार मुद्दामा पनि उनलाई दोषी ठहर गरेको हो ।

गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई एक वर्ष कैद तीन करोड ४५ लाख २२ लाख ३ सय ८७ रुपैयाँ जरिवाना र सो बराबरको सम्पत्ति जफतको फैसला भएको छ। हानि नोक्सानीसम्बन्धि भ्रष्टाचार मुद्दामा २९ साउनमा उनलाई सजाय सुनाइएने बिशेष अदालतले जनाएको छ।

हानिनोक्सानीको मुद्दामा थापासहित विमल कुमार पोखरेल र सागर पौडेल दोषी ठहर भएका छन् भने शिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले सफाइ पाएका छन् ।