भुटानविरुद्ध पूर्णिमा र मीनालाई अग्रपङ्क्तिको जिम्मेवारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एएफसी यू–२० महिला एसिया कप छनोट २०२५ को पहिलो खेलमा केही समयपछि नेपाल र भुटान खेल्दैछन्। भुटानको थिम्पुस्थित चाङ्लिमिथान रंगशालामा हुने खेलको लागि प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो एघार सार्वजनिक गरेका छन्।

उनले यसअघि साफ यू–२० च्याम्पियनसिप खेलेका खेलाडीलाई अवसर दिएका छन्। साफमा नेपाल उपविजेता भएको थियो। निर्णायक खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल लगातार उपाधि जित्नबाट बञ्चित भएको थियो।

नेपालको कप्तानमा विर्सना चौधरी यथावत छिन्। अग्रपंक्तीमा पूर्णिमा राई र मीना देउवा रहँदा मिडफिल्डमा कप्तान विर्सनालाई सुक्रिया मिया, सुशिला केसी र सेनु परियारले साथ दिने छन्।

रक्षापंक्तीमा गंगा रोकायासँगै सिमरन राई, माया मास्के र अनिशा राई छन्। यता गोलपोष्टको जिम्मेवारी लिला जोशीले पाएकी छिन्।

समूह ‘ए’मा नेपाल र भुटानसँगै साउदी अरेबिया र तीनपटक विश्वकप जितिसकेको उत्तर कोरिया छन्। समूहको शीर्ष टोलीले सिधै थाइल्यान्डको टिकट काट्नेछ। यस प्रतियोगितामा छनोट भएका राष्ट्रले अर्को वर्ष थाइल्यान्डमा हुने फाइनल चरणको प्रतियोगिता खेल्नेछन्।

बुधबार नै भएको खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० ले हराएको छ।