आदर्श नेसनल अवार्ड सीजन २ को निर्णायक संयोजकमा निर्देशक दिवाकर भण्डारी नियुक्त

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आदर्श नेसनल अवार्ड सीजन २ को निर्णायक संयोजकमा निर्देशक दिवाकर भण्डारी नियुक्त

नेपाली फिल्म उद्योगका चर्चित निर्देशक तथा हास्य कलाकार दिवाकर भण्डारीलाई आदर्श नेसनल अवार्ड सीजन २ को निर्णायक संयोजक नियुक्त गरिएको छ।

विगत वर्ष उत्कृष्ट निर्देशकको अवार्ड बाट सम्मानित भएका भण्डारी नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो निर्देशनकला र हास्य अभिनयमार्फत पहिचान बनाउन सफल भएका छन्। विशेषगरी ूमेरी बास्सैू सिरियलका निर्देशक र कलाकारको रूपमा लोकप्रियता कमाएका उनले यसपटक निर्णायक मण्डलको संयोजन गर्ने जिम्मेवारी पाएका छन्।

कार्यक्रम आयोजक समितिका अनुसार भण्डारीको अनुभव, समझदारी र निष्पक्ष मूल्यांकन क्षमताको आधारमा उनलाई यो जिम्मेवारी दिइएको हो।

आगामी महिनामा आयोजना हुने यस अवार्ड समारोहमा विभिन्न विधामा उत्कृष्ट कलाकार, निर्देशक तथा प्रविधिकलाई सम्मान गरिनेछ।