श्रावन १८ देखि ३३ दिनसम्म अभियान: नेकपा (एस) पोखरा महानगर कमिटीको वडा तहमा गतिविधि गर्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, — नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले श्रावन १८ गतेदेखि ३३ दिनसम्म प्रत्येक वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीका महानगर अध्यक्ष प्रेम थापाले जानकारी दिनुहुँदै, यस अभियान अन्तर्गत वडास्तरीय बैठक, संगठन सुदृढीकरण, सदस्यता नविकरण तथा अधिवेशन तयारीका कार्यहरू सञ्चालन गरिने जानकारी दिनुभयो।

उहाँका अनुसार भदौ महिनाभर वडा अधिवेशन सञ्चालन गरिनेछ। संगठनात्मक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ अभियानसमेत अगाडि बढाइने भएको छ। सोहीअनुसार २०७८ साल भदौ २३ गते शुक्रवार बिहान ७ बजे वडा नं. ३२ मा अवस्थित प्रसिद्ध सिता गुफा क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।

अध्यक्ष थापाले पार्टी संगठनलाई स्थानीय तहसम्म मजबुत बनाउँदै जनसम्पर्क विस्तार र सामाजिक सहभागितालाई जोड दिनका लागि यो अभियान महत्वपूर्ण हुने बताउनुभयो।