पोखरा ३,नदिपुर भिसि मार्गमास्थित माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालये कक्षा ११ का नवआगन्तुक बिद्यार्थीहरुका लागि शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा विभिन्न तरिकाले परिचित भइरहेकोमा शिक्षाको क्षेत्रबाट पनि उत्तिकै परिचित हुँदै गएको बताए । उनले कक्षा १२ अध्ययन पश्चात कता जाने भन्ने बाटो माउन्ट अन्नपूर्णमा अध्ययन पछि सहज हुने उल्लेख गरे । गण्डकी प्रदेशमा पर्यटनका बिभिन्न गतिबिधिहरु बढि हुने हुदा पढाई पश्चात कामको अवसर प्राप्त गर्न सहज हुने उनको भनाई रहेको थियो ।
बिद्यालयका पूर्व अध्यक्ष एबम् वोड सदश्य चिजकाजि गुरुङले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने भएकाले समय अनुसारको शिक्षा दिलाउन विद्यालय लागिपरिहेको जनाए ।
बिद्यालयका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले समयसापेक्ष शिक्षालाई परिमार्जित गर्न माउन्ट अन्नपूर्ण हरदम प्रयासरत रहने विचार व्यक्त गरे ।उनले बिद्यालयले शिक्षा सगैँ अत्तिरिक्त क्रियाकलापहरुमा पनि विशेष जोड दिदै आइरहेको जनाए ।
अत्तिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरुङले उज्जवल भविश्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए ।उनले बिद्यालयले गुणस्तरीय शिक्षाका लागि गरेका बिभिन्न क्रियाकलापप्रति खुशी ब्यक्त गर्दै यसले बिद्यार्थीको भविष्य सुनिश्चित गर्ने उल्लेख गरे ।
प्रशासक चित्र गुरुङले कुनैपनि विषय अध्ययनमा सहज नभएकोले सबैका लागि मेहनत आवश्यक रहेको बताए ।कार्यक्रममा कक्षा १२ का शान्ति गुरुङ,अशु आर्चाय,पुर्णिमा गुरुङ कक्षा ११ जेनिफा गुरुङले पनि आफ्नो भनाई राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । माउन्ट अन्नपूर्ण मा.वि गण्डकी प्रदेशमानै निजि स्तरबाट सञ्चालित पहिलो निजि बिद्यालय हो ।

