गुगलको ठूलो योजना : एन्ड्रोइड र क्रोम ओएस गाभेर एकल अपरेटिङ सिस्टम ल्याउँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अमेरिकी प्रविधि कम्पनी गुगलले एन्ड्रोइड र क्रोम ओएसलाई गाभेर एक शक्तिशाली एकल अपरेटिङ सिस्टम (ओएस) ल्याउने तयारी थालेको छ ।

टेक राडारलाई दिएको पछिल्लो अन्तरवार्तामा एन्ड्रोइड इकोसिस्टमका अध्यक्ष समीर सामतले दुबै प्लेटफर्मलाई समेटेर एउटै प्लेटफर्म तयार पार्ने दिशामा काम भइरहेको खुलासा गरेका छन् ।

सामतका अनुसार, नयाँ ओएस तयार भएपछि प्रयोगकर्ताले मोबाइल, ट्याब्लेट र क्रोमबुक प्रयोग गर्दा समान अनुभव पाउनेछन् । साथै क्रस-डिभाइस कनेक्टिभिटी अझ मजबुत हुनेछ ।

यद्यपि, गुगलले हालसम्म नयाँ ओएस सार्वजनिक हुने निश्चित समयरेखा भने खुलाएको छैन ।

नयाँ प्लेटफर्ममा एन्ड्रोइड र क्रोम ओएसका विशेषताहरू तथा एपहरू साझा हुनेछन् । यसले डिभाइसहरूबीच सहज समन्वय कायम गर्ने र प्रयोगकर्तालाई अझ सरल र एकीकृत अनुभव दिने कम्पनीको विश्वास छ ।

विशेषज्ञहरूका अनुसार यो मर्जरले गुगलको अपरेटिङ  सिस्टम इकोसिस्टमलाई अझ प्रतिस्पर्धी बनाउनेछ र एप्पलको एकीकृत प्रयोगकर्ता अनुभवमा पनि चुनौती दिनेछ ।