अनलाइन जुवा खे‍लाएको आरोपमा ५ जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काभ्रेपलाञ्चोकमा अनलाइन जुवा खेलाएको आरोपमा ५ जना पक्राउ परेका छन्।

भक्तपुर नगरपालिका-८ का ३२ वर्षीय दिगज नकर्मी, सोही नगरपालिका-४ बस्ने २८ वर्षीय संजिब कुशी, रोशन प्रजापति, सूर्यविनायक नगरपालिका-७ कटुन्जे बस्ने २९ वर्षीय एलिस कुश्म, काठमाडौं महानगरपालिका-१६ का रोजन महर्जन पक्राउ परेका हुन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले काभ्रे मण्डनदेउपुर नगरपालिका-७ नगरकोटको एक होटलबाट सोमबार दिउँसो पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा प्रहरी होटलमा पुग्दा अनलाइन जुवा खेलाइरहेको ठाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकारी दिए।

डिएसपी घलेका अनुसार उनीहरूको साथबाट ल्यापटप ५ थान, मोबाइल १८ थान बरामद गरिएको छ। उनीहरूविरूद्ध थप अनुसन्धान भइरहेको छ।