केराको मूल्य बढ्यो, दर्जको कति?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बजारमा केराको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

कालीमाटी बजारमा मंगलबार केरा प्रतिदर्जन थोक मूल्य न्यूनतम एक सय ३० देखि अधिकतम एक सय ४० रूपैयाँमा बिक्री भइरहेको छ।

अघिल्लो दिनको तुलनामा यो प्रतिदर्जन पाँच रूपैयाँ महँगो हो।

सोमबार केरा प्रतिदर्जन थोक मूल्य न्यूनतम एक सय २५ देखि अधिकतम एक सय ३५ रूपैयाँमा बिक्री भइरहेको थियो।

आपूर्तिका आधारमा केराको मूल्य घटबढ हुन्छ। बजारमा मागअनुसारको केरा आपूर्ति नभएकाले मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।

अहिले बजारमा जी–९ तथा मालभोग जातका केरा आइरहेका छन्।

जी–९ को तुलनामा मालभोग केराको कोसा सानो हुने भएकाले मूल्य सस्तो समेत हुन्छ। केरामा फाइबर, भिटामिन, मिनरल्स लगायतका पौष्टिक तत्व पाइन्छ।