विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संसदमा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएकी छिन् ।

प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिवार बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नीति निर्माण गर्न गाह्रो हुने भन्दै उनले संसदमा प्रस्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्दा राम्रो नीति निर्माण गर्न सकिने बताइन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ पिरियड हेरफेरको विषय उठाउँदै उनले यसबाट पाठ सिकेर अघि बढ्न जरुरी रहेको बताइन् । यसबाट सांसदहरू झस्किएको र सबै दफाहरूको अध्ययन गरेर मात्रै अघि बढ्नुपर्ने पाठ सिकेको बताइन् ।

समितिको बैठकमा शनिवार ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको हो ।