एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेन : सांसद निधि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिवार पार्टीका नेता, कार्यकर्ताहरूसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाए ।

उनले नेपाली काँग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको बताए । एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उनको आरोप छ । मेयरको अधिकार कटौती गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरूमा अवरोध गरेको आरोप लगाए ।

सांसद निधिले राजनीतिक प्रतिशोधका कारण नेताहरू एउटाले ल्याएका योजनाहरू ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको आरोप लगाए ।