सिंगापुरविरूद्ध फाइनल जित्न नेपालले पायो ११४ रनको लक्ष्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधि जित्न नेपालले  ११४ रनको सामान्य लक्ष्य पाएको छ।

मलेसियाको युकेएम वाइएसडी ओभलमा पहिले बलिङ गरेको नेपालले सिंगापुरलाई ४०.५ ओभरमा अल आउट गर्दै ११३ रनमा समेटेको हो।

नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले तीन/तीन विकेट लिए। शुभम खनालले २ र विपिन प्रसाद शर्माले एक विकेट लिए।

नेपालको कसिलो बलिङमा सिंगापुरले पावरप्लेमै चार विकेट गुमाएको थियो।

सिंगापुरका लागि ओपनर रोहन अस्टिन अरूणले बनाएको २३ रन सर्वाधिक रह्यो। उनले ८४ बल खेलेर २ चौका मात्रै हाने।

कप्तान रियान नाइकले ११ बलमा १५ रन बनाए । आकाश तेजाले १० रन बनाउँदा वेदांश गुप्ता १२ रन बनाएर नट आउट रहे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।