लेबनानमा इजरायली हवाई आक्रमण, १ जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लेबनानको राजधानी बेरुतको दक्षिणमा रहेको खाल्देह राजमार्गमा इजरायली ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको छ । साथै अन्य तीन जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

बेरुतको विमानस्थलबाट केही किलोमिटर टाढा भएको हवाई आक्रमणले राजमार्गमा भारी ट्राफिक जाम भएको थियो । आक्रमणबाट  पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुर्‍याएको जनाइएको छ ।

यसैबिच इजरायली सेनाको एक विज्ञप्तिअनुसार लेबनानमा भएको आक्रमणमा इरानको कुद्स फोर्ससँग सम्बद्ध एक लडाकुको मृत्यु भएको छ ।

नोभेम्बर २०२४ मा भएको युद्धविराम सम्झौताको बाबजुद पनि लेबनानमा यो पछिल्लो इजरायली हमला थियो ।