भरतपुर महानगरद्वारा ५ अर्ब १९ करोडको बजेट सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

आइतबार आयोजित १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारालाई साकार पार्ने लक्ष्यका साथ बजेट प्रस्तुत गरेको घोषणा गरे ।

बजेटले अधुरा तथा क्रमागत आयोजनाहरूको निरन्तरता, शहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ।

कुल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख, र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड ४ लाख ४१ हजार अनुमान गरिएको छ।

साथै, जनसहभागिताबाट ५ करोड, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ।