हुलाकी राजमार्गअन्तर्गत सिरहा–सन्हैठा खण्डमा मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।
सिरहा नगरपालिका–१८ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००३–प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकसहित तीनजनाको मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र कुमार पासवानले बताए।
मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाका प्रदिप मुखिया, सोही ठाउँका नरेस मुखिया र साइकलयात्री सिरहा नगरपालिका–२ का कुसे राय रहेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी पासवानले बताए। मृत्यु भएका तीनैजनाको शव पोस्ट्मार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको।