लगातार बढिरहेछ डलरको मूल्य, आज कति पुग्यो?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर मूल्य लगातार बढिरहेको छ। आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ। बुधबार  अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा थियो। त्यस्तै, मंगलबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको थियो।

आज युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६० पैसा र बिक्रीदर १८६ रुपैयाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५  पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २३ पैसा र बिक्रीदर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा  र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २८ पैसा र बिक्रीदर २१ रुपैयाँ ३७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६० रुपैयाँ १६ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।