खेलकुद विकास ऐन २०७७ संशोधनका लागि संसदमा विधेयक दर्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

खेलकुद विकास ऐन २०७७ संशोधन गर्नका लागि संसदमा विधेयक दर्ता गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जेठ ३० गते विधेयक दर्ता गरेका हुन् ।

मन्त्रीपरिषदमा जेठ १२ गते नै स्वीकृत भएर आएको यस विधेयक अहिले दर्ता गरिएको हो ।  उक्त विधेयक असार १ गते अन्य सांसदहरूलाई प्रदान गरिएको थियो ।

विधेयक अब प्रतिनिधिसभामा भएपछि त्यसमा सामान्य छलफल हुनेछ । प्रतिनिधि सभामा दफावार छलफलपछि प्रतिनिधिसभाबाट पारित हुनुपर्नेछ भने त्यसपछि राष्ट्रिय सभाले पनि पारित गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनेछ ।

खेलकुद क्षेत्रलाई अझ बढी अनुशासित, मर्यादित, व्यवस्थित, जवाफदेही र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने उद्देश्यले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ संशोधन गर्न संघीय संसदमा विधेयक दर्ता गरिएको उल्लेख छ।