बागमती प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने समय संशोधन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बागमती प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने समय संशोधन भएको छ । असार १ गते आइतबार ३ बजेका लागि तोकिएको बजेट सार्वजनिक गर्ने समय तालिका साँझलाई सारिएको हो ।  बजेट निर्माण प्रक्रियामा दलहरू बिच समस्या देखिए पछि बजेट प्रस्तुत गर्ने समय संशोधन गरिएको हो । मुख्यगरी बजेट निर्माणमा विषयत मन्त्रीहरूले नै असन्तुष्टि जनाएपछि समस्या देखिएको थियो ।

शनिबार रातिसम्म बजेट कार्यक्रम इन्टिङ तथा संशोधनको काम आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत भएको थियो । उक्त समयसम्म प्रदेश सरकारको बजेटको आकार ६७/६८ अर्ब रुपैयाँको रहने राजनीतिक सहमति बनेको एक मन्त्रीले बताए । उक्त राजनीतिक सहमतिअनुसार बजेट कार्यक्रम निर्माण कार्य थालिए पनि आइतबार बिहान बजेटको आकार ७२ अर्ब रुपैयाँसम्म पुगेको उनले बताए ।

विषयगत मन्त्रालयहरूबाट प्रविष्ट भएका कार्यक्रम शीर्षकलाई व्यवस्थापन गर्ने र मुख्यमन्त्री लामा तथा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले केही महत्वपूर्ण आयोजनाहरू बजेटमा थप गर्दा बजेटको आकार बढेको उनले बताए । बजेटको आकार बढाउने विषयमा कर्मचारी संयन्त्र पनि सकारात्मक नभएपछि बजेट निर्माण कार्यले सम्पन्नता पाउन नसकेको उनको भनाइ छ । ‘हामीले ६७ खर्ब रुपैयाँसम्मको बजेट बनाउने सहमति बनाएका थियौँ । कर्मचारी संयन्त्रको तर्फबाट पनि त्यसमा सकारात्मक भूमिका देखिएको थियो । प्रदेशको आर्थिक स्रोतका आधारमा बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशतसम्म बढाउन सकिन्छ ।’ उनले भने, ‘बजेट सिलिङमा थप गरी कार्यक्रमहरू प्रविष्ट भएको थियो । तर, सहमति विपरीत ७२ अर्ब रुपैयाँसम्मको बजेट प्रविष्ट भएपछि समस्या भएको हो । त्यसमा सुधार गर्ने काम भइरहेको छ ।’मुख्यमन्त्री लामाका अनुसार बजेट कार्यक्रम निर्माणको काम सकिने चरणमा रहेको छ । अर्थ मन्त्रालयको बजेट शाखामा कार्यक्रम ट्याली गर्ने काम भइरहेको र साँझ ६ बजेलाई क्याबिनेट बैठक आह्वान गरिएको उनले बताए । सो लगत्तै ६ः ३० बजेबाट बजेट भाषण सुरु गर्ने गरी प्रदेशसभा सचिवालयमा पत्राचार गरिएको उनले बताए । मुख्यमन्त्री लामाका अनुसार बजेट कार्यक्रम निर्माणको काम सकिने चरणमा रहेको छ । अर्थ मन्त्रालयको बजेट शाखामा कार्यक्रम ट्याली गर्ने काम भइरहेको र साँझ ६ बजेलाई क्याबिनेट बैठक आह्वान गरिएको उनले बताए । सो लगत्तै ६ः ३० बजेबाट बजेट भाषण सुरु गर्ने गरी प्रदेशसभा सचिवालयमा पत्राचार गरिएको उनले बताए ।