पोखरा ८ मा घरघरमा स्वास्थ्य कार्यक्रम: नसर्ने रोगहरूको निःशुल्क स्क्रिनिङ तथा परामर्श शिविर सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा ।
घरघरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगहरूको निस्शुल्क स्क्रिनिङ तथा परामर्श शिविर पाेखरा ८ मा शुभारम्भ भएको छ ।

त्यसैगरी   कार्यक्रम अन्तर्गत नै पोखरा ८ ले ज्यष्ट तथा अशक्त नागरिकको धुम्ति स्वास्थ्य कार्यक्रम महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य जाँच शिविर, मनोरोग, सरूवा एवं अन्य दीर्घ रोग सम्बन्धि जानकारीको पनि एकसाथ शुभारम्भ भएको छ ।

शिविरको पोखरा महानगरका प्रमुख धनराज आचार्यले आइतबार शुभारम्भ गरेका हुन् । उनले शिविरकाे शुभारम्भ गर्दै  महानगरवासीको स्वास्थ्य प्रति महानगर गम्भीर रहेको जानकारी दिए ।

उनले रोग लागेपछि उपचार भन्दापनि सुरूमै रोग लाग्न नदिन सचेत हुनुपर्ने बताए । प्रयाप्त मात्राका पानी पिउन र शारीरिक व्याम गर्ने लगायतमा ध्यान दिन उनले आग्रह गरे ।

पोखरा  ८ का वडाध्यक्ष  रूद्बनाथ बरालले वडावासी बुवा आमा दाजुभाइले शिविरको लाभ लिने अपेक्षा गरे । उनले कार्यक्रम भहत्वपूर्ण रहेकाले स्वास्थ्य सेवाको महाअभियानमा जोडन सबैमा आग्रह गरे ।

पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले ३३ वटै वडामा यो कार्यक्रम पुग्ने बताए । उनले वडा नम्बर ७ले पनि स्वास्थ्यमा पर्याप्त बजेट राखेको जानकारी दिए । उनले महागर भित्र स्वस्थ नागरिक बनाउने अभियानको सफलताको कामना गरे ।

स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले दुई हप्तासम्म नागरिकको घरघरमा पुगेर स्वास्थ्य परिक्षण गरिने जानकारी दिए । उनले भौतिक पूर्वाधार मात्र नभएर नागरिकको स्वास्थ्यमा ख्याल गर्नुपर्नेमा जाेड दिए ।

स्वास्थ्य शिविर शुभारम्भकाे अबसरमा पोखरा महानगरपालिका वडा नम्बर ८  वडा सदस्य पवित्रा केसी, मेडिकल अफिसर  डा. बिशाल सुवेदी र सहरी स्वास्थ्य केन्द्र नयाँ बजारका प्रमुख कुस्मराज सुवेदी लगायतले  अबसरमा स्वास्थ्य शिविरको बारेमा बोलेका थिए ।