युक्रेनमा रुसको सबैभन्दा ठूलो आक्रमण, रातारात ४७९ ड्रोन प्रहार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रुसले युक्रेनमा निकै ठुलो आक्रमण गरेको छ । यो युक्रेन युद्ध सुरु भएदेखि रुसको सबैभन्दा ठुलो आक्रमण भएको दाबी युक्रेनले गरेको छ । रुसले रातारात भारी बमबारी गरेको बताइएको छ । यस क्रममा रुसले युक्रेनमा ४७९ ड्रोन प्रहार गरेको छ ।

ड्रोन बाहेक युक्रेनका विभिन्न क्षेत्रमा विभिन्न प्रकारका २० वटा मिसाइल प्रहार गरिएको युक्रेनी वायुसेनाले सोमबार भनेको छ ।  अँध्यारोमा ड्रोनहरू पहिचान गर्न गाह्रो भएकोले आक्रमणहरू सामान्यतया साँझ ढिलो सुरु भएर, बिहान समाप्त हुन्थे । तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको क्रममा रुसले शाहेद ड्रोनहरू प्रयोग गरेर युक्रेनका नागरिक क्षेत्रहरूमा निरन्तर आक्रमण गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यी आक्रमणहरूमा १२ हजार बढी युक्रेनी नागरिकहरू मारिएका छन् ।