सत्ता साझेदारको ‘घमन्ड’ले रोकियो सदस्यसचिव नियुक्ति, अर्बौँको सम्पत्तिमा लापरबाही

कर्णाली प्रदेश खेलकुद विकास परिषद्मा गत पुस ६ गतेदेखि सदस्यसचिवसहितका पदाधिकारी रिक्त छन् । जसका कारण कर्णाली रङ्गशाला निर्माण सम्पन्न हुन ढिलाइ हुन पुगेको छ भने मुख्यमन्त्री यामलाल कँडेल र सामाजिक विकासमन्त्री घनश्याम भण्डारीमाथि गम्भीर प्रश्न उठेको छ । प्रदेश गौरवको उक्त आयोजना १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लागतमा एमएसी/जीएसएल जेभीले […]
योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षीद्वारा संसद् अवरुद्ध

कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा योजना छनोट प्रक्रियामा गलत काम भइरहेको भन्दै माओवादीले सोमबारको बैठक अवरुद्ध गरेको हो ।माओवादी सांसद विन्दमान विष्टले योजना बैँकमा योजना इन्ट्री गर्ने विधिमाथि नै प्रश्न उठाए । चित्तबुझ्दो जवाफ सरकारले नदिएसम्म सदन चल्न नसक्ने चेतावनी उनले […]
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी र मध्यपूर्वका १२ देशका नागरिकमाथि अमेरिका आउन लगाएको प्रतिबन्ध सोमबारदेखि लागू भएको छ । ट्रम्प प्रशासनको आप्रवासन नीतिको विरोध भइरहेको छ अनि यही विषयमा लस एन्जलसमा हिंसा भड्किएको समयमा यो प्रतिबन्ध लागू भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी र मध्यपूर्वका १२ देशका नागरिकमाथि अमेरिका आउन लगाएको प्रतिबन्ध सोमबारदेखि लागू […]
युक्रेनमा रुसको सबैभन्दा ठूलो आक्रमण, रातारात ४७९ ड्रोन प्रहार

रुसले युक्रेनमा निकै ठुलो आक्रमण गरेको छ । यो युक्रेन युद्ध सुरु भएदेखि रुसको सबैभन्दा ठुलो आक्रमण भएको दाबी युक्रेनले गरेको छ । रुसले रातारात भारी बमबारी गरेको बताइएको छ । यस क्रममा रुसले युक्रेनमा ४७९ ड्रोन प्रहार गरेको छ । ड्रोन बाहेक युक्रेनका विभिन्न क्षेत्रमा विभिन्न प्रकारका २० वटा मिसाइल प्रहार गरिएको युक्रेनी वायुसेनाले […]
महासचिव वैद्यको आईसीयूमा उपचार जारी

श्वास प्रश्वाससम्बन्धी रोगले च्यापेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ९ दिनयता उपचार जारी छ । पुरानो रोग दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको नेता इन्द्रमोहन सिग्देलले जानकारी दिए । ‘उहाँको पुरानो रोग दम बढेर अस्पताल भर्ना गरिएको हो । […]
अनेरास्ववियुको महाधिवेशनमा आजबाट नेतृत्व चयन प्रक्रिया सुरू हुने

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४ औं राष्ट्रिय महाधिवेशनमा सोमबारबाट नेतृत्व चयन प्रक्रिया सुरू हुने भएको छ। अनेरास्ववियुको महाधिवेशन आइतबारबाट त्रिवि स्मृति भवनका सुरू भएको हो। महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। उद्घाटन सत्र सकिएलगत्तै स्मृति भवनमै बन्द सत्र सुरू भएको थियो। जारी महाधिवेशनमा अध्यक्ष मण्डल गठन भइ राजनीतिक, सांगठनिक […]
तीन ब्याटरको अर्धशतकका बावजुत स्कटल्यान्डसँग नेपाल २ रनले पराजित

आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा तेस्रो खेलमा नेपाल पराजित भएको छ। नेपाललाई आइतबार स्कटल्यान्डको डन्डीमा भएको रोमाञ्चक खेलमा घरेलु टोलीले २ रनको झिनो अन्तरले पराजित गर्यो। स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट हुन पुग्यो। नेपालका लागि भीम सार्की, दीपेन्द्रसिंह ऐरी र सोमपाल […]
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सोमबार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका […]
अनेरास्ववियुको अधिवेशनमा केपी ओलीले भनेका दुई कुरा

अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा मन्तव्य दिँदै प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुख्यतः दुईवटा सन्देश दिएका छन्। करिब ५३ मिनेट बोलेका प्रधानमन्त्री ओलीले पार्टीका गुटबन्दी बढेको र जनसंगठनका अधिवेशनमा आफ्नो निर्देशनविपरीत चुनाव गर्दै प्यानल खडा गरिएको प्रति उनले रोष प्रकट गरे। राष्ट्रिय युवा संघको दसौं राष्ट्रिय महाधिवेशनमा उनको इच्छाविपरीत प्रतिष्पर्धा भएको […]