महासचिव वैद्यको आईसीयूमा उपचार जारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

श्वास प्रश्वाससम्बन्धी रोगले च्यापेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ९ दिनयता उपचार जारी छ ।

पुरानो रोग दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको नेता इन्द्रमोहन सिग्देलले जानकारी दिए ।

‘उहाँको पुरानो रोग दम बढेर अस्पताल भर्ना गरिएको हो । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले स्वास्थ्य अवस्था स्थिर छ । जनरल वार्डमा सार्ने विषयमा डाक्टरले केही भनेका छैनन्’,  उनले भने ।

वैशाख २९ गते दिवङ्गत आमाको अन्तिम कार्य सकेर काठमाडौँ फर्किने क्रममा नै महासचिव वैद्यको स्वास्थ्य अवस्था कमजोर रहेको सिग्देलले बताए ।