गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममा काँग्रेस र एमाले सहित नेपाल समाजवादी पाटीले समर्थन जनाएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असहमति जनाएको छ ।

दुई सदस्यीय राप्रपा मौन रह्यो । २१ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ३ दिनसम्म छलफल भयो । छलफलका क्रममा सांसदहरू पक्ष विपक्षमा उभिए । सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको भन्दै समर्थनमा उभिए । विपक्षी सांसदहरूले नीति तथा कार्यक्रम राम्रो भएपनि कार्यान्वयनमा समस्या देखे । सबै सांसदले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्रीले दिएपछि बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी वर्षको वार्षिक बजेट ल्याउने बाटो खुलेको छ । असार १ गते सबै प्रदेशले आफ्नो बजेट सांसदबाट प्रस्तुत गर्छन् ।