गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममा काँग्रेस र एमाले सहित नेपाल समाजवादी पाटीले समर्थन जनाएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असहमति जनाएको छ । दुई सदस्यीय राप्रपा मौन रह्यो । २१ गते प्रदेश प्रमुख डिल्लीराज […]

समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसान निराश

सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् । सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन् । सरकारले यस वर्षका लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ८०० तोकेको छ […]

राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता

नेपालका लागि गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमद एलगेबालीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त अवसरमा नेपाल र इजिप्टबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ । भेटवार्ताको क्रममा राष्ट्रपति पौडेलले राजदूत एलगेबालीलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद […]

कोलम्बियाली राष्ट्रपति पदका उम्मेदवारमाथि गोली प्रहार

कोलम्बियाका राष्ट्रपति पदका उम्मेदवार तथा सिनेटर मिगेल उरिबे तुरबे एक चुनावी कार्यक्रमका क्रममा गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर रहेको छ । ३९ वर्षीय उरिबेमाथि राजधानी बोगोटामा शनिबार आयोजित आमसभामा सम्बोधन गरिरहँदा आक्रमण गरिएको थियो। रिपोर्टअनुसार उनलाई तीनवटा गोली लागेको छ, जसमा दुई गोली टाउकोमा लागेको बताइएको छ । कोलम्बियाको महान्यायाधिवक्ताको कार्यालयले जानकारी […]

माओवादीलाई निधिको आग्रह : भिजिट भिसामा छानबिन भइरहेको छ, अब सभा सञ्चालन गर्न दिनुस्

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गरेका छन् । आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औँ पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै निधिले माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्ने कुरा निर्भर रहेको बताएका हुन् संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको […]

दोलखामा बोलेरो गाडी दुर्घटनाग्रस्त : दुई महिलाको मृत्यु, एक घाइते

दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन्। दोलखाको कालिञ्चोक गाउँपालिकाको सिँगटी बजारबाट झ्याँकुतर्फ जाँदै गरेको बा १६ च ७६५१ बोलेरो गाडी शुक्रबार राति गौरी शंकर गाउँपालिका-४ डेपुङमा दुर्घटनाग्रस्त हुँदा दुई महिलाको मृत्यु भएको हो। उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका गौरी शंकर गाउँपालिका-४ डेपुङकी ३२ वर्षीया […]

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक

राष्ट्र बैँकले आज आइतबार २० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैँकले २० अर्ब निक्षेप खिच्न लागेको हो । बैँकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैँकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ६९ खर्ब ४५ अर्ब माथि पुगेको छ । निक्षेप बढेको […]

छलफल निष्कर्षविहीन भएपछि पेलेरै अघि बढ्ने सत्ता पक्षको सङ्केत

संसद्को गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार संसद्को अवरोध हटाउन सभामुखले नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । छलफलमा सत्ता र प्रतिपक्षहरूले आ–आफ्नै अडान […]

कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय

छिमेकी राष्ट्र भारतमा कोरोनाको सङ्क्रमण दर तीव्र रूपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सङ्क्रमण फैलन नदिन पूर्व तयारीका सबै काम सम्पन्न गरेको बताएको छ । छिमेकी मुलुक भारतमा देखिएको सङ्क्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारको काम भइरहेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा.प्रकाश बुढाथोकीले भारतमा पछिल्लो […]

रुपन्देहीमा जलेको अवस्थामा एक युवती खेतमा मृत भेटिइन्

रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत भेटिएकी छिन् । सम्मरीमाई गाउँपालिका ५ निवासी प्रमोद पालकी २२ वर्षीया पत्नी सिर्जना पाल घरदेखि करिब १ किलोमिटरको दुरीमा रहेको खेतमा गएराती जलेको अवस्थामा मृत भेटिएकी हुन्। घटनास्थलबाट प्रहरीले आधा जलेको शव बरामद गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी […]