रुपन्देहीमा जलेको अवस्थामा एक युवती खेतमा मृत भेटिइन्

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत भेटिएकी छिन् ।

सम्मरीमाई गाउँपालिका ५ निवासी प्रमोद पालकी २२ वर्षीया पत्नी सिर्जना पाल घरदेखि करिब १ किलोमिटरको दुरीमा रहेको खेतमा गएराती जलेको अवस्थामा मृत भेटिएकी हुन्।

घटनास्थलबाट प्रहरीले आधा जलेको शव बरामद गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिए।

उनका श्रीमान प्रमोद पाललाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।